कंगना रनौतको ठूलो घोषणा – ‘चुनाव जितेँ भने बलिउड छोड्छु !’

डिसी नेपाल
२५ वैशाख २०८१ १४:२१

काठमाडौं । बलिउडकी क्वीन कंगना रनौत यस पटकको लोकसभा चुनावमा बीजेपीबाट उम्मेदवार छिन् । उनले हिमाचल प्रदेशको मण्डीबाट टिकट पाएकी छिन् । मण्डीकी छोरी कंगना चुनावी प्रचारमा व्यस्त छिन् । उनी यो चुनावमा जित्नेमा विश्वस्त छिन् ।

भारतीय मिडिया आजतकसँग कुरा गर्दै कंगनाले लोकसभा चुनाव जितेमा बिस्तारै मनोरञ्जन क्षेत्रबाट बाहिरिने बताएकी छिन् । फिल्म र राजनीति एकैचोटी कसरी सम्हाल्न सकिन्छ भन्ने प्रश्नमा कंगनाले भनिन् ‘फिल्ममा अभिनय पनि गर्छु, भूमिका पनि गर्छु र निर्देशन पनि गर्छु । राजनीतिमा जनता मसँग जोडिने सम्भावना देखेमा राजनीति मात्रै गर्छु । आदर्श रूपमा म एउटा मात्र कुरा गर्न चाहन्छु।’

“यदि मलाई लाग्छ कि मानिसहरूलाई मेरो आवश्यकता छ भने म त्यस दिशामा जान्छु। मण्डीबाट जिते भने राजनीति मात्र गर्छु । धेरै चलचित्रकर्मीले मलाई राजनीतिमा नजानु भन्छन् । तर जनताको अपेक्षा पूरा गर्न सक्नुपर्छ । मेरो व्यक्तिगत महत्वाकांक्षाका कारण मानिसहरुले पीडा भोगिरहेका छन्, त्यो राम्रो होइन । मैले सुविधासम्पन्न जीवन बिताएको छु, अब यदि मलाई मानिसहरूसँग जोडिने मौका मिल्यो भने, म यसलाई पनि पूरा गर्छु । मलाई लाग्छ सबैभन्दा पहिले तपाईले जनताले तपाईबाट गरेको अपेक्षालाई न्याय गर्नुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *