महिला विमानमा ‘धनी श्रीमान चाहियो’ लेखिएको पोस्टर बोकेर उभिएपछि…

डिसी नेपाल
२५ वैशाख २०८१ १६:४५

काठमाडौं । कतिपय मानिसहरु गसोचिकन जे पनि गर्छन् र हिचकिचाउँदैनन् । कसैले आफ्नो बारेमा के सोचिरहेको छ भन्ने सोच्दैनन्। हालै एक महिलाले मियामीबाट न्युयोर्कको फ्लाइटमा यात्रा गर्दा यस्तै गरिन् ।

उडानमा क्यारोलिना गेट्स नामकी महिलाले चालक दलबाट अनुमति लिएर पोस्टर बोकेर सबै सिट अगाडि उभिइन् । यसमा लेखिएको थियो- ‘धनी श्रीमान खोज्दैछु र तल क्यूआर कोड छ।’

त्यसपछि उनले बोल्न थालिन्- ‘नमस्ते साथीहरू, म क्यारोलिना गेट्स हुँ। म धनी श्रीमानको खोजीमा छु। मेरो सिट नम्बर २ए हो। यदि तपाईं धनी हुनुहुन्छ भने, कृपया मकहाँ आउनुहोस्।’

ती महिलाले आफ्नो छेउको सिट खाली भएको भन्दै साँच्चै माया भन्ने चिज हावामा छ कि भनेर हेर्न यस्तो गरेको बताइन् । उनको पोस्टरमा रहेको क्युआर कोड मार्फत उनको सोशल मिडिया प्रोफाइलहरू पहुँच गर्न सकिन्छ। तल लेखिएको छ- यदि तपाई धनी हुनुहुन्छ भने मलाई म्यासेज गर्नुहोस् ।

क्यारोलिनाले गरेको कामप्रति मानिसहरूको प्रतिक्रिया अचम्मको थियो। क्यारोलिना गेट्सले जाम प्रेसलाई उनको अनौठो म्याचमेकिंग योजनाको बारेमा बताएकी छिन् । उनले भनिन्- ‘धन्यबाद क्रुले मलाई यो गर्न अनुमति दिए । मलाई डेटिङ एप्स कहिल्यै मन परेन तर टिकटकमा मेरो ६ लाख २८ हजार फलोअर्स छन्।’

क्यारोलिनाको यो शैलीमा फ्लाइटमा बसेका मानिसहरूले ताली बजाएका थिए । यसै क्रममा पाइलट पनि ककपिटबाट बाहिर आएर उनीसम्म पुगे । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बिना कुनै हिचकिचाहटको उनको प्रत्यक्ष प्रयासको निकै प्रशंसा भइरहेको छ । धेरैले उनलाई ‘प्राउड गोल्ड डिगर’ भनेका छन् । किनकि कमसेकम उनले सबै कुरा खुलेर भनेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *