रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’ को घोषणा, अमन प्रताप अधिकारीले निर्देशन गर्ने

डिसी नेपाल
२६ वैशाख २०८१ १०:३२

काठमाडौं। बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो’द स्पिकिङ टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो। औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ुद स्पिकिङ्ग टाइटनु मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन्। साथै “द स्पिकिङ्ग टाइटन” को आधिकारिक फेसबुक पेज र आधिकारिक Whatsapp 9843950382 मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् ।

प्रतियोगिताको लागी बिश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ। प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ। त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ।

‘द स्पिकिङ टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ टाइटन’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ । कार्यक्रमलाई डन डिरेक्टरको छवि बनाई सकेका प्रसिद्ध निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।

‘द स्पिकिङ टाइटन’को ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ। कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *