अछाम र बाजुरामा विद्युत् सेवा बन्द

डिसी नेपाल
२६ वैशाख २०८१ २०:१७
12
Shares

धनगढी। अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्षा हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो।

डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ। विद्युत् लाइनमा क्षति भएरनभएको विवरण भने आएको छैन। तर, बुधवार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ। पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *