दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२७ वैशाख २०८१ ११:३०

काठमाडौं। नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत ‘जापानी टाइफन’ सार्वजनिक भएको छ।

करिब १ बर्ष अघि नेपाल आएर गीती एल्बम सार्वजनिक गरेकी गायिका झाले गायक महेश मुखिया सँगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएकी हुन्। लोक डान्सिङ शैलीको गीतमा डा। बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ।

प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसन ९क्भखभल ध्जभभकि ऋचभबतष्यल०को यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक महेश मुखियाको यसअघि’केहि दिन म टाढ हुँदै छु’,’माथि माथि लेकमा’,’सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ गीतहरु दर्शकले रुचाएका गीतहरुमा पर्छन।

https://youtu.be/XRpqPRz2Hew?si=uEVQmvNuYevGwRdq




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *