सिराहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
सिराहा। सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ। सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कूल पाँच सय आठजना राखिएका छन्।
उनको अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन्। विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कूल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनसो गरेका छन् । क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानी लगायतको समस्या रहेको पनि उनीहरुले गुनासो गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment