पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

डिसी नेपाल
२८ वैशाख २०८१ ७:५३

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो। बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ९२ रन बनाएका थिए।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ। त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ। १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *