दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८१ ९:४६

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित प्रहरीले दुई जना पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सो रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *