जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हबको अभिनेत्री पूजा शर्माले गरिन् शुभारम्भ

डिसी नेपाल
२९ वैशाख २०८१ १५:१६

काठमाडौं। ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हब सञ्चालनमा आएको छ। हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन्।

अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा सम्झनुपर्ने बताइन्।

‘सुरुवाती दिन आफ्ना लागि ठूलो समय जस्तो लाग्छ । त्यो समयभन्दा ठूलो समय अरु केही लाग्दैन । मेरो घर कुसुन्ती हो । कुसुन्तीबाट जावलाखेल भनेको मेरो जन्म भएदेखिको ठाउँ हो । मेरो जीवन नै जावलाखेलमा नै बिताइयो’, उनले भनिन्, ‘अझ जावलाखेलमा नै यो हब खुलेकाले मैले नयाँ घर पाएँ जस्तो लागेको छ । मलाई माया गर्ने सबैजनालाई यो हबमा आइदिन आग्रह गर्छु । महिलाहरुका लागि सेफ जोन जस्तै देखेकी छु ।’

पूजाले समयले भ्याएसम्म सबैले स्किन केयर गर्नुपर्ने सुझाव दिइन्। ‘उमेरमै केयर गर्यौं भने पछि राम्रो हुन्छ । पछि गरौंला भन्दा त्यो समय ढिलो भइसकेको हुन्छ । त्यसकारण सुरुदेखि नै मेन्टेन गरौं’, उनले सुझाइन्, ‘अहिले त उमेर छ, जे गरे पनि सुहाउँछ । तर पछिको लागि सोच्नुपर्ने हुन्छ । पछिको लागि नै अहिलेदेखि तयारी हौं ।’

हबकी सञ्चालिका सरु श्रेष्ठका अनुसार हबमा वेलेस, स्पा र बाथका सुविधा छन् । हबले पीएमयू, स्किन केयर र हेयर कट एण्ड केयरमा एडभान्स र स्पेसल तालिम पनि दिने उनले बताइन्।

सरु १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा छिन्। जावलाखेलको शाखा तेस्रो शाखा हो । ‘ब्युटीसँग सम्बन्धित सबै सुविधाहरु एकै ठाउँमा सुरु गर्न लागेका हौं। जसरी भाटभटेनीमा जाँदा सबै कुराहरु पाइन्छ, त्यसरी नै सौन्दर्यसँग सम्बन्धित सबै सुविधाहरु दिनका लागि यो हब सञ्चालनमा ल्याएका हौं’, उनले भनिन्।

सञ्चालिका सरुले अभिनेत्री पूजाको सरलपन, कर्मप्रतिको इमान्दारिता र हरेक युवतीको मनमा बस्न सफल भएकाले उनलाई प्रमुख अतिथीका रुपमा हबको उद्घाटनमा बोलाइएको खुलाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *