करेन्ट लागेका श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

डिसी नेपाल
२९ वैशाख २०८१ २२:३९
104
Shares

बरहथवा। सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन्।

ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो। अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो। इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ। श्रीमान्लाई करेन्ट लागेको देखेपछि हतार हतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो।

घटना लगतै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए। उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको सवपरीक्षणको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *