बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, चार जना पक्राउ
काठमाडाैं। काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। मोरङ घर भई काठमाडौँको कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएकाे छ।
धिमालको बीच बाटोमै हत्या भएको थियाे। सो घटना अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ छ। हत्याको कारण भने खुलेको छैन।
प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको हुन सक्ने बताइएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment