एकीकृत समाजवादीकाे स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

डिसी नेपाल
३० वैशाख २०८१ ७:५८
28
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने छ।

पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले बैठक आज पनि बस्न लागेको हो। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको छ । बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै पार्टी महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *