दाङमा पहिलो पटक जेठ ३ गते शैक्षिक मेला हुँदै

डिसी नेपाल
३० वैशाख २०८१ १६:५१

दाङ। दाङमा पहिलो पटक शैक्षिक मेला हुने भएको छ ।

घोराही उपमहानगरपालिका वडा नंं. १५ शहिद गेटमा सञ्चालनमा आएको यूरेका इन्टरनेशनल एजुकेशनल सर्भीस प्रा.लिले आफ्नो शुभारम्भको अवसरमा जेठ ३ गते जिल्लामा शैक्षिक मेलाको आयोजना गरेको हो।

शैक्षिक मेलामा क्यानडा, यूके, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपियन देशहरुमा अध्यन गर्न चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिने बताइएको छ।

घोराहीको होटल मालाइनमा हुने शैक्षिक मेलामा सम्बन्धित देशका प्रतिनिधिहरुको समेत सहभागीता रहने आयोजक यूरेका इन्टरनेशनलले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *