बबईमा डुबेर दाजुभाइको मृत्यु

डिसी नेपाल
२ जेठ २०८१ ६:३१

दाङ। बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ।

बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मंगलबार मृत्यु भएको हो।

दुई दाजुभाइ ओदालेमा रहेको फुपुको घरमा बुवा-आमासँगैआएको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजंग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो।

यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शव निकालेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ। शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *