अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )

डिसी नेपाल
२ जेठ २०८१ १५:४०
208
Shares

काठमाडौं। केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडि छन्।

नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन्। त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुँदा पछिल्लो समय केहि नेपाली म्युजिक भिडियो मेकरहरुले हिन्दी गीतको समेत निर्माणमा ध्यान दिन थालेका छन्।

यस्तैमा बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै आइरहेको कम्पनी भवसागर इन्टरटेन्टमेन्टले हिन्दी गीत’तस्बिर’ सार्वजनिक गरेको छ।अम्बिका गुरुङको शब्दरचना र शंकर थापा’स्माइल’को कर्णप्रिय संगीतमा तयार ‘तस्बिर’गीतमा इस्माइल दासको स्वर रहेको छ गीतलाई याकुब तामाङभि तामाङको एरेन्ज गरेका हुन्।

बिशेषतः हिन्दी गीतको बजार संसारभर नै धेरै ठूलो रुपमा फैलिएको र त्यसमा आफ्नो करियर खोज्दै धेरै नेपालीहरु अहिले पनि मुम्बईमा संघर्ष गरिरहेका छन्। गीतको अडियो भिडियो मेकिङ्गलाइ हेर्दा हामीले यहि पनि धेरै राम्रो हिन्दी गीतहरु निर्माण गर्न सक्छौ भन्ने देखिन्छ। गीतको भिडियोलाई मनाङ्ग जिल्लाको उच्च हिमाली लोकेसनमा छायांकन गरिएको छ।

केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा भिडियोमा प्रभातपाल ठकुरी ,प्रनिमा दाहालको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन रहेको छ ।गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त मानिने’तस्बिर’ गीतका म्युजिक डाइरेक्टर शंकर थापा ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *