क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

डिसी नेपाल
२ जेठ २०८१ १९:०३
452
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।

बलात्कारको अभियोग झेलिरहेका सन्दीपलाई बुधबार उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो। सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएसँगै क्यानले उनलाई निलम्बन गरेको थियो। तर जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले उनलाई सफाइ दिएको हो।

निलम्बन फुकुवासँगै क्यानले सन्दीपलाई आईसीसी टी२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *