धनुषाबाट चार जना किशोरकिशोरीको उद्धार

डिसी नेपाल
६ जेठ २०८१ १८:०९
720
Shares

जनकपुरधाम। धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढेर आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा बेस जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *