बालेनको आक्रोश–चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

डिसी नेपाल
७ जेठ २०८१ १८:२४
344
Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन्।

बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन्।

उनले भनेका छन्–

भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *