हिमांशु रायमाझी ‘गोधुली’ को शब्द र कमल खत्रीको स्वरमा ‘मायामा मायामा’ सार्वजनिक

डिसी नेपाल
९ जेठ २०८१ १५:३५

काठमाडौं । नेपाली संगीत क्षेत्रमा करिब एक दशकदेखि कलम चलाई रहेकी गीतकार हिमाँशु रायमाझी ‘गोधुली” काे शव्द रचनामा मायामा मायामा बाेलकाे गीत सार्बजनिक भएकाे छ।

गीतमा चर्चित गायक कमल खत्रीकाे संगीत र स्वर रहेकाे छ भने कमललाई मनु दाहालले गायनमा साथ दिएकी छिन् । शास्वत श्रेष्ठकाे संगीत संयाेजन रहेकाे गीतमा प्रितिका शर्मा र दिपेन्द्र साेनामकाे अभिनय देख्न सकिन्छ ।

गीतकाे भिडियाेमा सुरेश पाण्डेकाे काेरियाेग्राफी रहेकाे छ भने मेराेन राजभण्डारीकाे सम्पादन छ । गीतलाई निर्देशक मनाेज राजभण्डारीले निर्देशन गरेका छन् ।

गीतकार गाेधुलीले याे भन्दा अगाडि दर्जनाैँ गीतमा शव्द भरि सकेकी छिन् भने नेपालका स्थापित कलाकारहरु सँग उनकाे सहकार्य हुँदै आई रहेकाे छ । गीतलाई मनु दाहाल युट्युबमा गई हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *