पाथफाइण्डरको आयोजनामा ‘यूएसए-क्यानडा स्कलरसिप डे’

डिसी नेपाल
१० जेठ २०८१ ११:१९

काठमाडौँ। पाथफाइण्डर इन्टरनेसनल एजुकेसनले आज ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्ने भएको छ। पुतलीसडकस्थित कार्यालय परिसरमा बिहान १०ः३० बजेदेखि सुरु हुने यस कार्यक्रम अपराहन्न ४ बजेसम्म चल्नेछ।

कार्यक्रममा अमेरिका र क्यानडाका ५० भन्दा बढी विश्वविद्यालय र कलेजहरूको प्रतिनिधित्व रहने पाथफाइण्डरका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेश्वर धितालले जानकारी दिए । स्कलरसिप डेमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालयबारे सिधा सूचना पाउनेछन्।

अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई विश्वविद्यालय र कलेजबारे सत्य तथ्य सूचना, विषयबारे परामर्श तथा योग्य विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने ‘यूएसए-क्यानडा स्कलरसिप डे’ को उद्देश्य रहेको धितालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *