नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ

काठमाडौं। नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ।
लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment