प्रचण्डबाबुको ‘तिम्रै याद आउँछ’ मा साक्षी लम्साल (भिडियो)
काठमाडौं। गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत’तिम्रै याद आउँछ’ सार्वजनिक गरेका छन्।
बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो।
हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ ।
टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको सीनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ।
प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment