पपुवा न्युगिनीमा पहिरोमा परी एक सय जनाको मृत्यु भएको आशंका – अस्ट्रेलियाली मिडिया

डिसी नेपाल
११ जेठ २०८१ १२:२०

काठमाडौं ।पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ र गाउँलेहरूले भग्नावशेषबाट शव निकालिरहेका छन्।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टमा स्थानीय जनतालाई उद्धृत गर्दै जनाइएअनुसार यस घटनामा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ तर आधिकारिक तथ्यांक भने खुलाइएको छैन ।

इन्गा प्रदेशको काओकलाम गाउँमा बिहान ३ बजे दुर्घटना भएको हो ।

पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडमा पहिरोका कारण घरहरु ध्वस्त भएको बताइन् ।

उनले भनिन्, ‘जब यो दुर्घटना भयो, मानिसहरू सुतिरहेका थिए र पूरै गाउँ भासिएको छ । मलाई लाग्छ कम्तिमा १०० भन्दा बढी व्यक्ति जमिनमुनि पुरिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *