युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु, दर्जनौं घाइते

डिसी नेपाल
११ जेठ २०८१ १३:०२

काठमाडौं । युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले यो जानकारी दिएका छन्। उनले दुई जना बेपत्ता भएको पनि दाबी गरेका छन् ।

ओलेहले स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

युक्रेनको सरकारी रेलवे कम्पनीले रुसको आक्रमणबाट आफ्ना धेरै बेसमा क्षति पुगेको र धेरै कर्मचारी घाइते भएको दाबी गरेको छ ।

युक्रेनी मोर्चालाई कमजोर बनाउन रुसले खार्किवमा आक्रमण बढाएको छ ।

ओलेहले भोभचान्स्क वरिपरि युद्ध जारी रहेको तर स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको बताए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको कमजोर हवाई प्रतिरक्षाको फाइदा उठाइरहेको बताएका छन् ।

जेलेन्स्कीले हवाई प्रतिरक्षालाई बलियो बनाउन आफ्ना सहयोगीहरूबाट लगातार आधुनिक लडाकु विमानहरूको माग गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दावी गरे – उनी खार्किभ कब्जा गर्न चाहँदैनन् र रूसी सीमामा सुरक्षा घेरा बनाउन चाहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *