काठमाडौं विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि विमानहरू आकाशमै होल्ड

डिसी नेपाल
११ जेठ २०८१ १३:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि केही समय उडान र अवतरण अवरुद्ध भएको छ । करिब ४५ मिनेटजति समय अवतरण गर्ने विमान आकाशमै र उड्नुपर्ने विमान जमिनमै होल्ड गरिएको हो ।

विमानस्थलको धावनमार्गको कोटेश्वरतर्फको भागमा पीचको पत्र पक्किएपछि खाल्डो परेको थियो । यो खाल्डो देखिएपछि केही समय उडान र अवतरण रोकिएको हो ।

तत्काल प्राविधिकको टोलीले खाल्ड मर्मत गरिएको थियो । खाल्डोको मर्मत सुकिसकेपछि उडान र अवतरण सुचारू गरियो । यस अवधिमा अवतरण गर्नुपर्के केही विमान डाइभर्ट समेत गरिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *