कार्यदल बैठकः गृहमन्त्रीको नाम उल्लेख नगरि समिति गठन गर्ने विषयमा सहमति नजिक
काठमाडौं। सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सहमति नजिक पुगेको छ।
सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा गृहमन्त्रीको नाम उल्लेख नगरि समिति गठन गर्ने विषयमा सहमति नजिक पुगेको कानूनमन्त्री पदम गिरीले जानकारी दिए। यद्यपी अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए। मन्त्री गिरीले मुलुकका संकटग्रस्त रहेका सहकारीका साथै संसदमा उठेका सहकारीको नाम तोकेर कार्यादेश तयार गर्ने विषयमा छलफल भएको बताए। उनले कार्यदलमा भएका बिषयहरुलाई शीर्ष तहमा जानकारी गराउने गरि बैठक सकिएको जानकारी दिए।
यसअघि कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन गर्न समिति बनाउनुपर्ने अडान राखेको थियो भने सत्तारुढ दलले व्यक्तिकेन्द्रित समिति बनाउन अस्वीकार गर्दै आएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment