दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८१ ८:३४

काठमाडौँ। भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । गएराति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।

अधिकारीहरूका अनुसार १२ नवजात शिशुलाई भने बचाइएको छ । त्यस्तै ६ जनालाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *