देउवा प्रचण्ड भेटमा कुरा मिलेन, व्यक्तिको नाम तोक्नुपर्ने कांग्रेसको अडान कायमै

डिसी नेपाल
१३ जेठ २०८१ ११:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा कुनै सहमति हुन सकेन ।

सहकारीको रकम अपचलनका विषयमा छानबिन समिति गठन गर्ने विषय र त्यसको कार्यादेशबारे दुई नेताबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति देउवाले छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर बनाउनुपर्ने अडान राखेको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले संस्थाको नाम तोकेर समिति बनाउने र गृहमन्त्रीको नाम तोक्नु अनिवार्य नभएको तर्क गरेका थिए । प्रधानमन्त्री र कांग्रेस सभापतिबीच वान टु वान छलफल चलिरहेको बेला केही समयपछि कांग्रेसका अरु नेताहरु पनि बैठकस्थलमा थपिएका थिए ।

स्रोतका अनुसार छलफलबाट कुनै ठोस उपलब्धी हुन सकेन । दुई शीर्ष नेताहरुको छलफल सकिएपछि प्रचण्ड बाहिरिएलगत्तै कांग्रेसका नेताहरुले समेत आन्तरिक छलफल गरेका छन् । यो छलफलबाट कांग्रेस व्यक्तिको नामै तोकेर समिति बनाउने अडानमा कायमै रहने निर्णय गरिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *