‘डज’ मिमको रूपमा प्रसिद्ध काबोसु नामको कुकुरको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८१ १३:४५

काठमाडौं । ‘डज’ मिमको रूपमा प्रसिद्ध काबोसु नामको कुकुरको मृत्यु भएको छ । काबोसु लगभग १८ वर्षको थियो।

काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट समाचारमा रहेको थियो । काबोसु क्रिप्टो मुद्रा ‘डज कोइन’ को अनुहार पनि थियो।

सन् २०१० मा काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको हिस्सा बन्यो। यसपछि, ‘डज कोइन’ क्रिप्टो मुद्रा सिर्जना भयो र यो अब आठौं ठूलो क्रिप्टो मुद्रा हो।

‘डज कोइन’ क्रिप्टो मुद्राको बजार मूल्य करिब २३ अर्ब डलर छ। सोशल मिडिया प्लेटफर्म एक्सको मालिक एलोन मस्कले काबोसुको फोटोबाट एक्सको लोगो बदलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *