दिल्लीको अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु, धेरै घाइते
काठमाडौं । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा भएको आगलागीमा परी कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ ।
दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११.३२ बजे कलमार्फत प्राप्त भएको थियो ।
दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए । आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो ।
राजेश अटवालले भने, ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालेर अस्पतालमा भर्ना भएका जम्मा १२ जनालाई उद्धार गरेका छौं ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment