दिल्लीको अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु, धेरै घाइते

डिसी नेपाल
१३ जेठ २०८१ १५:२९

काठमाडौं । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा भएको आगलागीमा परी कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ ।

दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११.३२ बजे कलमार्फत प्राप्त भएको थियो ।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए । आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो ।

राजेश अटवालले भने, ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालेर अस्पतालमा भर्ना भएका जम्मा १२ जनालाई उद्धार गरेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *