खार्किभको सुपरमार्केटमा रुसको आक्रमण, दुई जनाको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८१ १६:३१
32
Shares

काठमाडौं । रुसले युक्रेनको खार्किभ सहरमा रहेको एउटा सुपरमार्केटमा आक्रमण गरेको छ । स्थानीय प्रशासनका अनुसार रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

पसलमा आगलागी भएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमण हुँदा सुपरमार्केटभित्र करिब २०० जना मानिस रहेको बताएका छन् ।

खार्किभका मेयरले भने, “धेरै संख्यामा मानिस बेपत्ता छन्। धेरै मानिस घाइते भएका छन् । यो पूर्ण आतंकवाद हो।”

जेलेन्स्कीले भने, “यो आक्रमण रुसको अर्को पागलपन हो। पुटिन जस्तो पागलले मात्र यस्तो मान्छे मार्न सक्छ।”

जेलेन्स्की भन्छन् कि युक्रेनलाई यस्तो आक्रमणबाट बच्न आधुनिक प्रतिरक्षा प्रणाली चाहिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *