भारत र पाकिस्तानमा ५० डिग्री सेल्सियस तापक्रम रेकर्ड
काठमाडौं । भारतका धेरैजसो क्षेत्रमा आजकाल अत्यधिक गर्मी छ । शनिबार राजस्थानको फलोदीमा तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ । जयपुर मौसम विभागको केन्द्रले यो जानकारी दिएको हो।
पाकिस्तानमा पनि यतिबेला निकै गर्मी छ । पाकिस्तानका केही क्षेत्रमा पनि तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ ।
मौसम विभागको जयपुर केन्द्रले शनिबार फलोदीमा ५० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।
राजस्थानको बारमेरमा ४८.८ डिग्री र जैसलमेरमा ४८.० डिग्री तापक्रम रेकर्ड गरिएको थियो।
राजस्थानको फलोदी शनिबार भारतको सबैभन्दा तातो सहर थियो।
भारतीय मौसम विभागले आगामी दिनमा पञ्जाब–हरियाणालगायत उत्तर भारतका धेरै क्षेत्रमा तीव्र गर्मीको लहर देखा पर्ने चेतावनी दिएको छ ।
पाकिस्तानका धेरैजसो क्षेत्रमा यतिबेला अत्याधिक गर्मी भइरहेको छ । पाकिस्तानमा गर्मीको चरम अवस्था आइसकेको नभए पनि अत्याधिक गर्मीका कारण यस हप्ताको सुरुमा विद्यालय बन्द गरिएको छ ।
पाकिस्तानमा मानिसहरूलाई घाममा बाहिर निसकने क्रम कम गर्न निर्देशन दिइएको छ।
सिन्ध प्रान्तको ज्याकोबाबादका डाक्टर गुलाम मोहम्मदले तातो स्ट्रोकबाट बच्न प्रशासनले शिविर स्थापना गरेको बताए।
गुलाम मोहम्मदले भने, “हामीले तातो स्ट्रोक शिविर स्थापना गरेका छौं। दैनिक १० देखि १२ जना विभिन्न लक्षणका बिरामी आउने गरेका छन् । कसैलाई दुखाइको गुनासो छ भने कसैलाई ज्वरो आएको छ । हामीले तुरुन्तै उनलाई भर्ना गरेर उपचार गरिरहेका छौं।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment