कोलकाता नाइट राइडर्सले जित्यो आइपिएल २०२४ को उपाधि

डिसी नेपाल
१४ जेठ २०८१ ६:१५

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ।

आइताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

उपाधिका लागि भएको खेलमा हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट क्षतिमा पूरा गर्‍याे।

यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो।

कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन बनाए। हैदराबादका लागि कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए। आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे। आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *