रफाहमा इजरायली हवाई आक्रमण, शरणार्थी शिविरलाई निशाना बनाइएको हमासको दाबी

डिसी नेपाल
१४ जेठ २०८१ १२:२३

काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र धेरै मानिसको मृत्यु भएको जनाएको छ।

इजरायली सेनाले रफाहमा हमासको स्थानलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको छ । सेनाले आक्रमणको समीक्षा गरिरहेको जनाएको छ।

यसअघि आइतवार हमासले रफाहबाट तेल अवीवतर्फ आठ रकेट प्रहार गरेको थियो। पछिल्लो चार महिनामा यो पहिलो ठूलो आक्रमण थियो, जुन यति टाढाबाट गरिएको थियो।

दक्षिणी गाजाबाट केही भिडियोहरू सार्वजनिक भइरहेका छन्, जसमा ठूलो विस्फोट र ठूलो आगो देखिन्छ।

हमासले इजरायलले रफाहको उत्तरपश्चिममा विस्थापित प्यालेस्टिनीहरूको शिविरलाई निशाना बनाएको जनाएको छ।

मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेको उसको भनाइ छ ।

इजरायली सेनाले आक्रमणपछि आगलागी भएको जानकारी आफूसँग रहेको स्वीकार गरेको छ, जसका कारण त्यहाँ बस्ने मानिसहरूले क्षति बेहोरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *