रफाहमा शरणार्थी शिविरमा इजरायलको आक्रमणमा ४० जनाको मृत्यु

डिसी नेपाल
१४ जेठ २०८१ १२:४३
12
Shares

काठमाडौं । आइतबार साँझ इजरायली सेनाले रफाहमा हवाई आक्रमण गरेको छ। बीबीसी अरेबिक सेवाका अनुसार यस हमलामा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको सेनाले शरणार्थी शिविरलाई निशाना बनाएको जनाएको छ। रफाहमा इजरायलले आक्रमण गर्नुअघि हमासले तेल अवीवतर्फ रकेट प्रहार गरेको थियो।

चार महिनामा हमासले यति ठूलो मात्रामा आक्रमण गरेको यो पहिलो पटक हो। इजरायलले हमासलाई लक्षित गरी यो हमला गरेको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *