डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले हत्याको मुद्दामा सफाइ पाए

डिसी नेपाल
१५ जेठ २०८१ १२:२४

काठमाडौं । डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीमलाई पञ्जाब र हरियाणाको उच्च अदालतले हत्या मुद्दामा सफाइ दिएको छ।

उच्च अदालतले यस हत्याकाण्डमा राम रहीम र अन्य चार अभियुक्तलाई पनि सफाइ दिएको छ ।

राम रहीम अहिले आफ्ना दुई चेलीलाई बलात्कार गरेको मुद्दामा २० वर्षको जेल सजाय काटिरहेका छन् । पत्रकार रामचन्द्र छत्रपतिको हत्या मुद्दामा पनि राम रहीमलाई सजाय सुनाइएको छ ।

हरियाणाको पञ्चकुलाको सीबीआई अदालतले सन् २०२१ मा यस मुद्दामा राम रहीम र अन्य चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

रञ्जित सिंह डेराका पूर्व व्यवस्थापक थिए र उनको सन् २००२ मा हत्या भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *