हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या

डिसी नेपाल
१५ जेठ २०८१ १२:३७

काठमाडौं । हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या गरिएको छ । अमेरिकाको लस एन्जलसमा भएको लुटपाटको क्रममा लुटेराहरूले “जनरल हस्पिटल” फेम अभिनेतामाथि गोली चलाएको लस एन्जलस टाइम्सले जनाएको छ ।

लुटेराहरूले अभिनेता जोनी वेक्टरको कारबाट क्याटालाइटिक कन्भर्टर चोर्न प्रयास गरिरहेका थिए । त्यही बेला अभिनेता अचानक चोरहरूको अगाडि आएपछि एक चोरले उनलाई गोली हानेका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो। चोरहरू अर्को गाडीमा चढेर भागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *