जेलेन्स्की अचानक स्पेन पुगे, रसियालाई दबाब दिन पश्चिमी देशहरूलाई अपील

डिसी नेपाल
१५ जेठ २०८१ १५:२४

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी मुलुकका नेताहरूलाई शान्ति कायम गर्न रुसमाथि दबाब दिन अपिल गरेका छन् ।

स्पेन पुगेका जेलेन्स्कीले भने, ‘रुसले युक्रेनलाई ध्वस्त पार्ने योजना बनाएको छ र यसलाई रोक्न दबाब दिनुपर्ने आवश्यकता छ।’

तर, युक्रेनी राष्ट्रपतिले रुसी सेनाले युक्रेनी भूमि नछोडेसम्म रुससँग प्रत्यक्ष सम्झौता नगर्ने बताएका छन् ।

रूस र युक्रेनमा शान्ति कायम गर्न अर्को महिना स्वीट्जरल्याण्डमा शिखर सम्मेलन हुन लागेको छ, जसमा ९० देशका प्रतिनिधि सहभागी हुने सम्भावना छ ।

जेलेन्स्कीले यस सम्मेलनमा रुसलाई निमन्त्रणा दिने कुराको विरोध गरे।

रुसले भर्खरै सार्वजनिक रुपमा शान्ति वार्ताका लागि तयार रहेको बताए पनि आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भूमि आफ्नो नियन्त्रणमै रहने बताएको छ ।

युक्रेन अहिले पश्चिमी देशहरूबाट हतियार आपूर्तिको अभावमा संघर्ष गरिरहेको छ। युक्रेन विरुद्धको युद्धमा रुसले पनि फाइदा उठाएको छ ।

रुसले युक्रेनमा हरेक महिना करिब ३२०० बम खसालेको बताएको छ । जेलेन्स्की स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्न आएका हुन् । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने घोषणा गरेको थियो र त्यस अन्तर्गत हतियार आपूर्ति भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *