पोप फ्रान्सिसले समलैंगिक पुरुषहरूको बारेमा ‘धेरै आपत्तिजनक’ टिप्पणी गरेको आरोप

डिसी नेपाल
१५ जेठ २०८१ १६:१२

काठमाडौं । पोप फ्रान्सिसले समलिङ्गीहरूप्रति अत्यन्त आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ।

इटालीमा एक विशप सम्मेलनमा समलिङ्गी पुरुषहरूलाई कुमार रहुन्जेल पादरी बन्न तालिम दिन सकिन्छ कि भनेर सोधिएको थियो। यसबारे पोप फ्रान्सिसले उनीहरूलाई तालिम दिन नहुने बताएका छन् ।

आरोपअनुसार पोप फ्रान्सिसले आफ्नो कुरालाई अगाडि बढाउने क्रममा इटालियन शब्द प्रयोग गरे जुन समलिङ्गीहरू, विशेष गरी समलिङ्गी पुरुषहरूका लागि अपमानजनक रूपमा प्रयोग गरिन्छ।

सम्मेलन बन्द ढोका पछाडि भएको भए पनि पोपको बयान इटालीको खोज पत्रकारिता वेबसाइट डागोस्पियामा प्रकाशित भएको थियो।

यसपछि अन्य इटालियन समाचार एजेन्सीहरूले पनि विभिन्न स्रोतलाई उद्धृत गर्दै पोपको भनाइको पुष्टि गरेका छन्।

पोपको यो कथित भाषा पनि अचम्मको छ किनभने उनले सार्वजनिक फोरमहरूमा प्रायः समलिङ्गीहरूप्रति सम्मानजनक व्यवहार अपनाउने कुरा गरेका छन्। भ्याटिकनले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *