मिजोरममा पहिरोमा परी १५ जनाको मृत्यु, धेरै मानिस भग्नावशेषमा पुरिएको आशंका

डिसी नेपाल
१५ जेठ २०८१ १६:५७

काठमाडौं । मिजोरमको राजधानी आइजोलमा पहिरोका कारण ढुंगा खानीमा भएको दुर्घटनामा १५ जनाको ज्यान गएको छ ।

दुर्घटनामा धेरै मानिसहरु भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

मुख्यमन्त्री लालदुहोमालाई उद्धृत गर्दै अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले बिहान ११ बजेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको बताएको छ ।

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले चक्रवात रेमालबाट प्रभावितलाई राहत उपलब्ध गराउन कूल १५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

मुख्यमन्त्रीका अनुसार पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने छ ।

चक्रवाती आँधी रेमालका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।

मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई भने कि धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि उखेलिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *