भारतको राजस्थानमा भीषण गर्मीः तापक्रम ४९ डिग्री पुग्दा गर्मीले ६ को मृत्यु

डिसी नेपाल
१६ जेठ २०८१ ७:०६
96
Shares

नयाँ दिल्लीर पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ। सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन्।

राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार दुई हजार आठ सय नौबाट बढेर तीन हजार छ सय २२ पुगेको छ। मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ।

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *