मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु

डिसी नेपाल
१६ जेठ २०८१ ८:५६

काठमाडौँ । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले भनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरम सीएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *