बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंकाः डा.महत

डिसी नेपाल
२० जेठ २०८१ १५:२५
44
Shares

काठमाडौं। पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब  आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन्।

उनले भने,’१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन।’

बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।

उनले भौतिक मन्त्रालयलाई  १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको बताउँदै  सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए।

साथै उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए ।

उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउँदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबी गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *