सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट नरहेको ओलीको प्रष्टोक्ति

डिसी नेपाल
२० जेठ २०८१ १८:५८
236
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले बजेटमा असन्तुष्ट नरहेको बताएका हुन्। उनले सत्ता साझेदार दलसंग छलफल भएको भए बजेट अझ राम्रो हुने आफ्नो धारणा रहेको प्रतिक्रिया दिए।

यसअघि शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बजेट अर्थमन्त्रीले भन्दा पार्टीले ल्याएको जस्तो भएको टिप्पणी गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *