मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह

डिसी नेपाल
२१ जेठ २०८१ ८:४८

काठमाडौँ । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

९३ वर्षीय मर्डोकले गत बर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन् । उनको भने यो तेस्रो विवाह हो । मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । एलेना सँग आफ्नो नाम जोडिएपछि उनले चौथी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डोक लामो समयदेखि मिडिया व्यवसायमा जोडिएका छन् । उनको अमेरिकामा फक्स न्यूज र न्युज क्रपमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर कम्पनि हार्पर कोलिन्स लगायतका मिडिया संचालनमा रहेका छन् । उनले गत बर्ष मात्र न्यूज क्रपको अध्यक्षबाट राजीनामा दिएका थिए ।

उनको मोडल जेरी हलसँगको चौथो विवाह छ वर्षपछि २०२२ मा टुङ्गिएको थियो । उनले आफ्नो पहिलो पत्नी एयर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गरेका थिए, जससँग उनको जेठो छोरा प्रुडेन्स रहेका छन् । १९६७ मा, उनले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गरे । उनीसँग तीन छोरा छोरी भएका थिए । उनको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो ।

मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गरेका थिए । मर्डोक र डेङसँग दुई सन्तान छन् । यो जोडी सन् २०१३ मा अलग भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *