सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

डिसी नेपाल
२१ जेठ २०८१ ११:२१
188
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *