सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२३ जेठ २०८१ ११:३९

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा  कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *