आज सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
बिहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ।
यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment