पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

डिसी नेपाल
१ असार २०८१ ७:२४
132
Shares

काठमाडौं। पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ। समूह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समूह चरणबाट नै बाहिरिएको हो।

गएराति हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल बर्षाले रद्ध भएपछि समूह ए मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो। समूह ए बाट भारत यस अघिनै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ।

पाकिस्तानले शुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो। तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरेपनि अब पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *