रघुजीले भने- भारतसँगको सीमानामा काँडेतार लगाऔं
काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले मधेश प्रदेशमा शान्ति सुरक्षा खलबलिँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले खुला सीमानाका कारण मधेशमा आपराधिक घटनामा वृद्धि भएको बताए। उनले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी वललाई आवश्यक जनशक्ति उपलब्धि गराउन। विस्तारै भारतसँगको सीमानामा काँडेतार लगाउन माग गरेका छन्।
‘खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियन्त्रित गर्नैपर्छ। हामी एकैपटक पासपोर्ट लागू गर्ने सिस्टममा नजाउँला तर, अचेल राष्ट्रिय परिचयत्रप पनि दिन थालिएको छ। नागरिकता पनि दिन थालिएको छ। उताबाट आउँद्या पनि भारतसँगको आधारकार्ड हेर्न सकिन्छ। यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै काँडेतार लगाउँदै सीमालाई व्यवस्थित बनाउन सकिन्छ। विस्तारै पासपोर्ट सिस्टममा जानै पर्छ। यसको लागि सशस्त्र प्रहरी वललाई स्रोत साधन, जनशक्ति र अरु जेजे सुविधा चाहिन्छ दिनुपर्छ । जहाँ जहाँ सशस्त्र प्रहरीवल बसेको छ । त्यहाँ सीमा सुरक्षीत पनि भएको छ। त्यस्लै तराई, मधेशमा बिग्रदै गएको शान्तिसुरक्षालाई सुधार गर्नका लागि आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सशस्त्र प्रहरीलाई व्यवस्थित बनाउनुपर्छ’ उनले भने।







डिसी नेपाल







Facebook Comment